• ०८:०५
  • ०८:३०
  • ०९:४०
  • ०९:५७
  • ११:३०
  • १२:००
  • १२:२४
  • १२:२६
  • १२ः४०
  • १३:१०
  • १३:१७
  • १३:२०
  • १४ः००
  • १४:१२
  • १४:२०
  • १४:५५
  • १४:५७
  • १५:३०
  • १६:३०
  • ०८:०५

    रोहनले बिहानको खाजा खाए, कालो जिन्स, ठूलो सेतो टिसर्ट र खैरो ज्याकेट लगाए। उनले आमासँग गाडी भाडा मागे र घरबाट बाहिर निस्किए।

  • ०८:३०

    रोहनले बसपार्क नजिकको पसलबाट चुइगम किने र नागपोखरी जाने बस चढे।

  • ०९:४०

    रोहन नागपोखरी पुगे।

  • ०९:५७

    रोहन पुतलीसडकको स्टार मल पुगे। त्यहाँ उनलाई कार्यक्रम ढिलो सुरु हुने जानकारी दिइयो।

  • ११:३०

    कमेडी दरबार' कार्यक्रम सुरु भयो र सबैलाई फोन बन्द गर्न भनियो। रोहनले आफ्नो फोन बन्द गरे।

  • १२:००

    ममतालाई एक अपरिचित नम्बरबाट ह्वाट्सएपमा भिडियो कल आयो। कल गर्नेले आफूलाई प्रहरी बताउँदै, रोहनलाई अपहरण गरेको र १० लाख रुपैयाँ फिरौती माग्यो। विश्वास दिलाउन, उसले रोहनको ज्याकेट र पिटाइमा परेका केटाहरूको भिडियो देखायो।

  • १२:२४

    ममताले छिट्टै कल गर्छु भनेर २४ मिनेट लामो कल अन्त्य गरिन्।

  • १२:२६

    ममताले आफ्नो श्रीमानलाई फोन गरिन्। तुरुन्तै, अपहरणकर्ताले फेरि कल गरेर छिटो पैसा मिलाउन धम्की दियो।

  • १२ः४०

    ममताले घटनको जानकारी आफन्तलाई दिइन् ।

  • १३:१०

    छिमेकीले सम्झाएपछि, ममता प्रहरीकहाँ जान सहमत भइन्।

  • १३:१७

    ममता र छिमेकी प्रहरी वृत्त पुगे।

  • १३:२०

    ममताका अर्का आफन्त काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय पुगे।

  • १४ः००

    ममता काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय आउन ढिलो भएपछि प्रहरीको टोली उनको घरतर्फ अरू विवरण सङ्कन गर्न लाग्यो । अन्तिम लोकेसन घर नजिक भएको देखिएपछि प्रहरीले त्यसो गरेको हो ।

  • १४:१२

    ममता टेकु प्रहरी कार्यालय पुगिन्। प्रहरीले उनीसँग सोधपुछ सुरु गरे।

  • १४:२०

    रोहन 'कमेडी दरबार' हेर्न स्टार मल गएको हुनसक्ने जानकारी पाएपछि, प्रहरीको एक टोली त्यसतर्फ प्रस्थान गर्‍यो।

  • १४:५५

    कमेडी दरबार' को पहिलो सत्र सकियो। रोहनले दोस्रो सत्र पनि हेर्ने निर्णय गरे।

  • १४:५७

    ब्रेकको समयमा रोहनले आफ्नो फोन अन गरे। तुरुन्तै उनलाई आमा ममताको फोन आयो र उनले आफू पुतलीसडकमा भएको जानकारी दिए।

  • १५:३०

    प्रहरीले रोहनलाई स्टार मलबाट लिएर टेकु प्रहरी कार्यालयमा पुर्‍यायो।

  • १६:३०

    सम्पूर्ण अनुसन्धान र प्रक्रियापछि, प्रहरीले रोहनलाई ममताको जिम्मा लगायो। यो घटना अपहरण नभई फोन ह्याक गरेर गरिएको एक स्क्याम भएको पुष्टि भयो।

+ -